Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विभागीय प्रमुख र चारवटै कमाण्डका कमाण्डरलाई प्रधानसेनापतिले दिए निर्वाचन एकीकृत सुरक्षा योजना अक्षरस पालना गर्न निर्देशन


    आइतबार, बैशाख ४ २०७९
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।प्रधानसेनापति प्रभुराम शर्माले ‘स्थानीय तह निर्वाचन-२०७९’ मा नेपाली सेना परिचालन सम्बन्धि निर्देशन दिएका छन् । 
        
    आगामी वैशाख ३० गते हुने “स्थानीय तह निर्वाचन-२०७९” स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उचित ढंगले वहन तथा कार्यान्वयन गर्नका लागि प्रधानसेनापति शर्माले नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमाण्डका कमाण्ड सेनापतिहरुलाई विशेष निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ । 

    उनले चार बुँदे निर्देशन दिएका छन् । आ-आफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने,  जिल्ला प्रशासन कार्यालयहरु, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरु तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसँग असरदार रुपमा समन्वय गरी कार्य गर्ने, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्ने र सरकार तथा निर्वाचन आयोगको कार्यादेश बमोजिम शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेबारे उनले निर्देशन दिएका हुन् ।

    उनले “स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना, २०७८” मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरुलाई अक्षरस पालना गर्न समेत निर्देशन दिएका छन्। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार