Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँपालिकाले गरेको लोभलाग्दो काम : आफैले बाख्रापालन गरेर आफैले बेच्छ


    आइतबार, बैशाख ४ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सुर्खेत। दैलेखको भगवतीमाइ गाउँपालिकाले व्यावसायिक कृषि, पशुपालन र पूर्धारलाई विशेष आधार बनाएर विकासको गतिमा लम्किँदै गएको छ । 

    गाउँपालिकाको सातवटै वडामा शिक्षा, स्वास्थ्य, सडक विकासमा तीव्रता दिँदै अगाडी बढेको गाउँपालिका अध्यक्ष दान बहादुर थापा बताउँछन् । 

    व्यावसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई पालिकाले आफ्नै लगानीमा बाख्रा फर्म सञ्चालन गरेको छ  ।

     पशुपालनका लागि उपयुक्त रहेको भगवतीमाइ गाउँपालिका –१ पगनाथमा सञ्चालन गरेको वडा अध्यक्ष मान बहादुर बुढाले बताए । गाउँपालिकाको आर्थिक उन्नतिको लागि गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिँदै आएको छ,’उनले भने, ‘कृषि पशुपालनको प्रचुर सम्भावना रहेको भगवतीमाइ १ मा बाख्रा फर्म सञ्चालन गरिएको हो ।’

    भगवतीमाइ गाउँपालिका १ को पगनाथमा एक करोडको लागतमा सञ्चालन गरिएको छ । वडा अध्यक्ष मान बहादुर बुढाका अनुसार कृषि पशुपालनलाई मुख्य प्राथमिकतामा राख्दै पालिकाको आर्थिक स्थिति उकास्न २०७७ देखि बाख्रा फर्म सञ्चालन गरिएको थियो । गाउँपालिकाले बाख्रा फर्म सञ्चालन गर्दा सुरुमा खरिजातको ५० वटा माउ बाख्रा चारवटा ठूलो बोका गाउँपालिकाले खरिद गरेको थियो । खोरमा अहिले एकसय १५ वटा बाख्रा रहेका छन् । 
    तीनजनालाई रोजगारी 

    पालिकाले सञ्चालन गरेको बाख्रा फर्म रेखदेख गर्नको लागि पालिकाले तीन जनालाई रोजगारी समेत दिएको छ । बाख्राको रेखदेख गर्नको लागि दुई जना बाख्रा हेरालु, र एक जना पशु प्राविधिक राखेको छ । 

    कृषि पशुपालनमा विशेष जोड दिँदै गाउँमै तीन जनालाई रोजगारी पाउँदा आफूहरू खुसी भएको प्राविधिक विमल थापा बताउँछन् । पालिकाले आफै बाख्रा फर्म सञ्चालन गरेर एक उदाहरण पेस गरेको छ,’उनले भने, ‘बाख्राबाट राम्रै नाफा भइरहेको छ ।  बाख्रालाई दानापानी र औषधी दिएको महिनामा २० हजार भए पुग्छ ।’

    दुई वटा खोरहरू बनाएर ५०/५० बाख्रा खरिद गरेर २०७७ मा खोरमा हालिएको थियो । तिनै एक सय वटा बाख्राबाट उत्पादन भएका बाख्रा समूहबाट बिक्री वितरण गरेर गाउँपालिका नाफामा रहेको वडा अध्यक्ष बुढाले बताए । 

    खोरबाट जंगलमा बाख्रा चराउँदै बाख्रा हेरालु  फोटो : जितेन्द्र थापा/न्युज कारखाना/सुर्खेत

    barkhara.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार