Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सल्यानमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल नगर्ने, मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने


    आइतबार, बैशाख ४ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सल्यान । सल्यानमा सत्तारुढ गठबन्धनका दलले स्थानीय तह चुनावमा तालमेल नगरिएक्लाएक्लै चुनावमा जाने निर्णय गरेका छन् ।

    गठबन्धन दलकातर्फबाट पालिकास्तरको बाँडफाँटको विषयमा सहमति नभएपछि दलहरुले तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् ।

    बैठकपछि नेपाली कांग्रेसका सभापति केशबहादुर विष्ट, उपसभापति सन्तोष केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज लोकबहादुर डाँगी, जिल्ला अध्यक्ष हरिहर केसी, नेकपा माओवादी केन्द्रका पार्टी इञ्चार्ज उमकान्त शर्मा र जिल्ला संयोजक कृतिबहादुर पुनले संयुक्त विज्ञप्ति निकालेर चुनावमा तालमेल नगर्ने जनाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार