Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रशासनको निर्देशन अटेर, बुझाएनन् हतियार


    आइतबार, बैशाख ४ २०७९
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनकाे सुरक्षालाई मध्यनजर गर्दै चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरे पनि अझै हतियार बुझाएको  छैन ।

    जिल्ला भरिमा ३१४ थान इजाजत प्राप्त हतियार रहे पनि आइतबार (४ वैशाख)सम्म २२ थान हतियारमात्र बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सबै हतियार नआएको जानकारी दिए । इजाजत प्राप्त हातहतियार नबुझाएकालाई गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने  प्रमुख जिल्ला अधिकारी कवाडीले जनाए । 

    उनले भने, ‘प्रशासन कार्यालयले चैत मसान्तभित्र बुझाउन पत्र लेखेको थियो । यो अवधिमा ३१४ हातहतियारमध्ये  २२ थान हतियारमात्र बुझाएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्नेछौं ।’

    सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएकाे थियाे । जिल्ला प्रशासन कार्यायलले गत ७ चैतमा जारी गरेकाे सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार