Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिङ्देन भन्छन्- मौका आउने वित्तिकै राजालाई नारायणहिटी लेराउँछाैं


    आइतबार, बैशाख ४ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि मौका मिले राजालाई नारायणहिटीमा लेराउने बताएकका छन् ।

    आइतबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनर्स्थापना गर्ने बताएका हुन्।

    राजसंस्था पुनर्स्थापित भए राष्ट्र प्रमुखको अभिभावकीय संस्थाको रुपमा रहने बताउँदै उनले राप्रपा यसका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको जानकारी दिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार