Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लवलाई प्रचण्ड–माधवकाे आश्वासन- चुनावअघि नै बन्दी रिहा र मुद्दा फिर्ता लिने वातावरण बनाउँछौँ


    आइतबार, बैशाख ४ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपालले नेत्रविक्रम चन्द‘विप्लव’लाई  स्थानीय चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता हुने आश्वासन दिएका छन् । 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा महासचि विप्लवलाई  स्थानीय चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता हुने आश्वासन दिएका हुन् ।

     नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीकन अनुसार आइतबार विहान ८ बजेतिर नेपाल निवास कोटेश्वरमा प्रचण्ड,माधव सहित र विप्लवबीचकाे भेटमा तीन पार्टीका नेताहरुले तीन बुँदे सहमती कार्यान्वयनका विषयमा छलफल भएकाे थियाे ।

    प्रचण्ड र माधवले प्रतिबन्धको अवधिमा जेलमा परेका नेता कार्यकर्ता रिहा गर्नुका साथै मुद्धा फिर्ता लिने बचन दिएको ओलीले बताए ।

    तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमती गरेपनि कार्यन्वयन नभएपछि सत्तारुढ दलका नेताहरुलाई निरन्तर भेट्दै आएका छन् । तर, सरकारले चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता लिने भनेपनि अझै लिएको छैन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार