काठमाडाैं । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अदालत गएका छन् ।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि उनी यसविरूद्ध सर्वोच्च अदालत गएका हुन्।
अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन।