Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोमल ओलीले दिइन् व्युटिकेयरलाई प्रमाणपत्र


    शनिबार, बैशाख ३ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर।राष्ट्रिय सभाकी पूर्व सांसद एवं चर्चित गायिका कोमल ओलीले शनिबार एक कार्यक्रमबीच भक्तपुरका व्यटिकेयरलाई प्रमाणपत्र प्रदान गरेकी छन् ।

    सयाम इन्ष्टिच्युट अफ हेयर डिजाइन र व्युटिकेयरले दिएको ६ महिने व्युटिकेयरका प्रशिक्षार्थीलाई उनले प्रमाणपत्र वितरण गरेकी हुन् । कार्यक्रममा उनले महिला पनि पुरुषसरह आउनसक्नेमा कुनै शंका नभएको बताइन् ।

    कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले तालिमले महिला आत्मनिर्भर हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । आयोजक संस्थाकी अध्यक्ष कमला श्रेष्ठले महिलाहरूको आत्मनिर्भरताको लागि आफूले निरन्तर यस्ता तालिम दिँदै आएको जनाइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार