Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भूमिकास्थानमा नगरप्रमुख नदिए गठबन्धन स्वीकार्य हुँदैन : जनमोर्चा महासचिव भट्ट


    शनिबार, बैशाख ३ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वैशाख।राष्ट्रिय जनमोर्चाको महासचिव मनोज भट्टले भूमिकास्थान नगरपालिकाको नगर प्रमुख नपाए गठबन्धन स्वीकार्य नहुने बताएका छन् ।

    कसैको दान र कृपाका आधारमा नभइ क्षमताका आधारमा भाग चाहिँने उनले बताए । उनले सम्मानजनक भागवन्डा नभए गठबन्धन स्वीकार्य नहुने दाबी गरेका हुन् ।

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका-३ धारापानीमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव भट्टले एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले विकल्प खोजेको बताए ।

    कांग्रेससँग नीति सिद्धान्त मिलेरभन्दा पनि प्रतिगमन परास्त गर्नका लागि कांग्रेस माओवादीसँग गठबन्धन गर्नुपरेको नेता भट्टको दाबी थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार