पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ बैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनु पर्नेछ । कांग्रेस पोखराले सूचना जारी गरि आकांक्षी आफै उपस्थित भएर नाम दर्ता गराउनु पर्ने जनाएको छ ।
सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले पोखराको मेयर उपमेयर पाउने नपाउने कुनै टुंगो छैन । श्रोतका अनुसार पोखराको मेयर एकीकृत समाजवादीले पाउने पक्का जस्तै छ । महामन्त्री गगन थापाले पनि माधवकुमार नेपालले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको बताए ।
‘माधवकुमार जीले पोखराको मेयरमा बढी नै दावी गर्नु भएको छ । उहाँले भोटसहित कांग्रेससँगको बैठकमा छलफल गर्नुभएको छ,’ कास्की कांग्रेसको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले भनेका थिए, ‘तपाईंहरुको दबाबले उथलपुथल भए मात्रै । नत्र यो एकीकृत समाजवादीले छोड्दैन ।’
काठमाडौं पुगेर फर्केपछि पोखरा महानगर समितिले मेयर र उपमेयरको आवदेन खुलाएको हो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१०) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ अनुसार योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सूचना जारी गरिएको हो ।
कांग्रेस कास्कीले पोखराको मेयर आफैले पाउनुपर्ने अडान राखेको छ । पोखराका सभापति सुरेन्द्रमान बिजुक्छेले आवेदन लिएर सकेसम्म सर्वसम्मत एउटै व्यक्ति प्रदेश हुँदै केन्द्रमा पठाउने बताए । ‘हामी हाम्रो तयारी गरेर बस्नुपर्छ । उम्मेदवार खोजेर जित्नेलाई अघि सार्नुपर्छ,’ उनले भने, ‘गठबन्धनको कुरा केन्द्रको हो । तर, आफ्नो जिम्मेवारी त पूरा गर्नै प¥यो ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend