Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनी राष्ट्रपतिको दाबीः युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए


    शनिबार, बैशाख ३ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । 

    ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ । मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो । 

    युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार