Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दिबासमा अकांक्षीहरू धेरै हुँदा उम्मेदवार टुङ्ग्याउन सकस


    शनिबार, बैशाख ३ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । जिल्लाकै सवैभन्दा बढी मतदाता भएको बर्दिबास नगरपालिकामा २८ वटा मतदान स्थल र ५८ वटा मतदान केन्द्र रहेका छन् ।  नगरपालिकामा मात्र ४४ हजार चार सय ६० जना मतदाता छन् ।

    उपमहानगरपालिका बन्ने चर्चा चलिरहेको बेला जिल्लाका १५ पालिकामध्ये बर्दिबासमा निर्वाचनपछि कसको सत्तारोहण होला भन्ने चर्चा र बहस पनि त्यतिकै छ ।

    निर्वाचनमो निर्धारित मिति नजिकिरहेको छ । नगरभित्र दलहरू उम्मेदवार तय गर्न तल्लो कमिटीदेखि माथिल्लो तहसम्म छलफल चलिरहेको छ । तर, बजारमा सवै दलका आकांक्षीको चर्चासँगै व्यक्तिगत चरित्र र क्षमताको चियोचर्चो पनि बढ्न थालेका छन् ।

    सत्तारुढ दलहरूले गठबन्धन गर्ने निर्णयपछि गठबन्धन दलहरू साझा उम्मेदवारको रस्साकसीमा छन् । नगरभित्र संगठनिक संरचनाको हिसाबले गठबन्धन दलहरुमध्ये माओवादी र नेपाली कांग्रेसले सत्ताको दावी गर्दै आएका छन् भने अन्य दलहरू आफ्नै तरिकाले उम्मेदवार टुंग्याउन लागिपरेका छन् ।

    माओवादी केन्द्रबाट राजु खडका, प्रकाश पोखरेल, विदुर कार्की, राजन ढुंगाना, शंकर महतो, रुद्र सुस्लिङ्गले दावी गरिरहेको चर्चा छ भने नेपाली कांग्रेसबाट चिरिन्जीवी हमाल र प्रल्हाद क्षेत्रीको दावी छ । तर, संख्यात्मक हिसाबले जसको जेजस्तो दावी भए पनि दुवै पार्टीबाट एउटा साझा उम्मेदवार बन्नेछ ।

    यता, नेकपा एमाले पनि चुनाव लक्षित कार्यक्रमसँगै नगरको सत्ता हात पार्न लागि परेको छ । अहिले नेकपा एमाले गाउँगाउँमा पुगेर संगठनिक संरचना निर्माणदेखि आफ्नो माहोल बनाउन अन्य दलको तुलनामा निक्कै अगाडि बढेको छ ।

    तर, टिकटप्राप्तिका लागि पार्टीभित्र नै अकांक्षीहरू दौडधुपमा लागेको देखिन्छ । कहिले शीर्ष नेतालाई भेट्ने त कहिले आफ्नो प्रभाव बनाउन नेताहरू मिडिया खोज्दै हिडेका छन् ।

    नेकपा एमाले बर्दिबासमा टेकबहादुर बलाम्पाकी, चन्द्रबहादुर क्यापछाकी, सारदादेवी थापा, केदारवहादुर बस्नेत, फाल्गुन सुस्लिङ्ग मगरको चर्चा छ ।  अकांक्षीहरूमध्ये टेकबहादुर बलाम्पाकी र फाल्गुन सुस्लिङ्ग मगर माओवादी केन्द्रवाट नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार