Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु


    शनिबार, बैशाख ३ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर प्रतियोगिता सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।  

    प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् । सो क्रममा उनले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन विकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न लागेको जानकारी गराए । उनले यस्ता प्रतियोगिताका लागि बजेट बन्नुभन्दा पहिले नै योजना ल्याउनसमेत आग्रह गरे । 

    प्रतियोगितामा सात टिम पुरुष र चार टिम महिलाको सहभागीता रहेको छ । पहिलो खेलमा जाउलाखेल क्लबलाई त्रिभुवन आर्मी क्लबले २१, ३३ ले पराजित गरेको छ । अरु खेल जरी छन् । प्रतियोगिताको फाइनल पनि आजै हुने जनाइएको छ । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र पनि दिइनेछ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार