संखुवासभा। आगामी ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आरोपप्रत्यारोप सुरु भएको छ ।
पाँच दलबीच गठबन्धन हुन नसक्ने निष्कर्षका साथ केन्द्र माओवादीले कांग्रेसको आन्तरिक कलह समाधान हुन नसक्दा जिल्लामा चुनावी गठबन्धन गर्न नसकेको आरोप लगाएको छ । निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच गठबन्धन गर्ने कोसिस अन्ततः कांग्रेसका कारण सम्भव हुन नसकेको भन्दै जिल्लामा सहमति गर्न नसकिएको माओवादी जिल्ला अध्यक्ष टेकमान राईले आरोप लगाएका हुन् । र प्रदेशका संयन्त्रलाई जानकारी गराउने निर्णय गरेर अलग भएका कांग्रेस र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप सुरु भएको हो । दुवैले गठबन्धन नहुनुमा एक अर्कालाई दोष लगाउन थालेका छन् ।

‘२ बैशाखको बैठकमा सहभागी सबै दलको तर्फवाट आ–आफनो धारणा राख्ने काम भयो तर नेपाली कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरूबीच पालिकाहरूमा गर्ने बिषयमा भएको सकस र कांग्रेसबाट हाम्रो पार्टीलाई अति उपेक्षा र अबमुल्यन गरेको कारण यस जिल्लामा सहमति गर्न नसकिएको निष्कर्षमा पुगिएको हो,’ राईले प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त बिषयको जानकारी प्रदेश र केन्द्रको संयन्त्रलाई गराउने सहमति भएको साथै गठबन्धन भने नतोड्ने र अन्तिम विन्दुसम्म सहमतिको प्रयास गर्ने गरी बैठकबाट बाहिरिएलगत्तै कांग्रेसले एकतर्फी रुपमा माओवादीसँग गठबन्धन टुटेको घोषणा गरेको छ ।’
आफ्नो दलभित्र उत्पन्न समस्या व्यवस्थापन गर्न र अन्य सहयात्री दलको अस्तित्वलाई स्वीकार्दै आवश्यक लचकता अपनाउनुको साटो कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्म विपरित एकपक्षीय रुपमा गठबन्धन तोडेको घोषणा गर्नु गैरजिम्मेवार निर्णय भएको माओवादी केन्द्रको भनाइ छ ।
खाँदबारीमा चार दिनसम्म चलेको बैठकवाट स्थानीय तहको भागबन्डा गर्न नसकेपछि पाँच दलीय गठबन्धनको बैठक नै छाडेर माओवादी केन्द्र बाहिरिएको थियो । गठबन्धनको बैठकबाट बाहिरिएपछि कांग्रेस जिल्ला सभापति दीपक खड्काले संखुवासभामा गठबन्धन टुटेको घोषणा शुक्रवार गरेपछि माओवादीले शनिवार प्रेस विज्ञप्ति जारी गरेर प्रष्टिकरण दिएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend