Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मोरङमा गठबन्धन दलबीच सहमति जुटाउने गृहकार्य


    शनिबार, बैशाख ३ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । मोरङमा पाँच दलीय सत्ता गठबन्धनबीचको बैठक शुक्रबार बिना निष्कर्ष टुंगिएपछि आज पुन बस्ने भएको छ। शुक्रबार भागबण्डा मिलाउनका लागि बसेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको थियो।

    बैठकमा नेपाली कांग्रेसले ११ वटा पालिकामा दाबी गरेको थियो भने नेकपा एकीकृत समाजवादी पार्टीले पथरीशनिश्चरे, उर्लाबारीमध्ये एउटा पालिका पाउनुपर्ने अडान राखेको थियो। यता, जसपाले धनपालथान, जहदा गाउँपालिका र सुनबर्सी नगरपालिकामा दाबी प्रस्तुत गरिरहेको छ। माओवादी केन्द्रले ६ वटा पालिकामा दाबी प्रस्तुत गरेको छ।

    आज (शनिबार) पुनः बैठक बस्ने गरी स्थगित भएको माओवादी केन्द्र मोरङ संयोजक विजय विश्वासले जानकारी दिए। तर, बैठक कतिखेर बस्छ भन्ने कुरा उनले खुलाएनन्।  नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा बसेको कार्यदलको बैठकमा कांग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकीकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल सहभागी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार