कैलाली । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।
दोस्रो पटक प्रतिनिधिसभा विघटनलगत्तै बिभाजित भएका दुई पार्टीका नेताहरुले कैलालीमा भने स्थानीय तहको निर्वाचनका लागि पुनः एकजुट भएको घोषणा गर्दै दुई दलबीच गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । दुई पार्टीबीच पहिलो पटक कैलालीमा गठबन्धन भएको हो ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत जसपा र लोसपाको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने घोषणालाई नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेतसाथ दिएका छन् । सुदुरपश्चिम सरकार पुनर्गठन हुदाँ असन्तुष्ट जसपा नेपालले पाँच दलीय गठबन्धन तोडेर लोसपासँग गठबन्धन गर्ने निर्णयसँगै गठबन्धन तोडेको यो दोस्रो घटना पनि हो ।
यसअघि बाँकेमा जसपा नेपालले पाँच दलीय गठबन्धन तोडिएको घोषणा गरेको थियो । नयाँ गठबन्धनको घोषणामा जसपा जिल्ला अध्यक्ष गयाप्रसाद चौधरी, लोसपा जिल्ला अध्यक्ष कृष्ण चौधरी, लोकतान्त्रिक पार्टीका अध्यक्ष माधव थारुलगायतले हस्ताक्षर गरेका छन ।
सो घोषणा गरेसँगैँ सुदुरपश्चिममा औपचारिक गठबन्धन टुटने यो दोस्रो जिल्लामा दरिएको छ । हिजो मात्रै डोल्पामा पाँच दलबीच गठबन्धन गर्न नसकिने भन्दै राजनीतिक संयन्त्रको बैठकले प्रदेश कार्यालयलाई पत्र पठाईएको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend