Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बी डिभिजन चुनाव सम्पन्न, वीरगन्ज, सामाजिक र झम्सिखेल बाहिर


    शुक्रबार, बैशाख २ २०७९
    515
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने भनिएको केन्द्रीय निर्वाचनका लागि ‘बी’ डिभिजनका मताधिकार प्राप्त ११ क्लबको चयन भएको छ ।

    सातदोबाटोमा शुक्रबार भएको ‘बी’ डिभिजन क्लबहरूको भेलाले १४ मध्येबाट एन्फाको केन्द्रीय कार्यसमिति चुनावका लागि मताधिकार प्राप्त ११ क्लब चयन गरेका हुन् ।

    मतदानमार्फत ११ क्लब चयन गर्दा वीरगञ्ज युनाइटेड, सामाजिक यूथ क्लब र झम्सिखेल यूथ क्लब बाहिरिए ।

    श्री भगवती, रानीपोखरी कर्नर टिम आरसिटी, मधयपुर यूथ एसोसिएसन, टुसाल युवा, नयाँ बस्ती, खुमलटार युवा क्लब, बाँसबारी, चर्च ब्वाइज युनाइटेड, सरस्वती, श्री कुमारी र ब्याइज युनियन क्लबले मताधिकार प्राप्त गरेका छन् ।

    आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नेतृत्वका लागि प्रत्याशी छन् । शेर्पा र नेम्वाङ दुवै प्यानलसहित नै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

    ‘बी’ डिभिजन क्लबमध्येबाट दुवै पक्षका पाँच/पाँच क्लबले मताधिकार पाएको दाबी गरिएको छ । चर्च ब्वाइज, बाँसबारी, टोखा, खुमलटार र आरसिटी नेम्वाङ पक्षका क्लब हुन् भने टुसाल, सरस्वती, मध्यपुर, ब्वाइज युनियन र श्री कुमारी शेर्पा पक्षका क्लब हुन् । नयाँ बस्ती भने तटस्थ रहेको बताइएको छ ।

    शुक्रबारै दिउँसो चाँढोगरी भएको ‘सी’ डिभिजन क्लबको चुनावमा नेम्वाङ पक्षले बाजी मारेको थियो । ‘सी’ डिभिजनका १४ मध्ये ९ क्लबले मताधिकार पाउनेमा नेम्वाङ पक्षका आठ र शेर्पा पक्षको एक क्लब सफल भएको दाबी गरिएको थियो ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार