Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेञ्चुरी बैंकको शताब्दी बचत खाता, उच्चतम ब्याज र बीमाको सुविधा


    शुक्रबार, बैशाख २ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बचतकर्ताहरुको हितलाई ध्यानमा राख्दै ‘शताब्दी बचत खाता’ संचालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च ब्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको बैंकले जनाएको छ । 

    शताब्दी बचत खाता खोल्दा ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने जनाइएको छ । साथै शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरूबाट खोल्न सकिनेछ । 

    सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार