Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डले भने- सगठबन्धन बाहेक अन्य दलहरूसँग पनि तालमेल हुनसक्छ


    शुक्रबार, बैशाख २ २०७९
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन बाहेक अन्य दलहरूसँग पनि तालमेल हुन सक्ने बताएका छन् ।

    प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले महानगर र उपमहानगरहरूमा माथिबाटै तालमेलको निर्णय हुने बताउँदै गठबन्धन बाहेक अन्य दलहरूसँग पनि तालमेल हुन सक्ने बताएका हुन् ।

    ‘कतिपय ठाउँमा सत्तारूढ दलसँगै गठबन्धन हुन्छ होला । कतिपय अन्य दलहरूसँग पनि हुनसक्छ। हामीले एक्लै लड्ने ठाउँ पनि हुन्छन्,’प्रचण्डले भने,’माधवजीको पार्टीसँग पनि तालमेल हुन्छ होला । तर उहाँको पार्टीले आफ्नो औकात बिर्सिएर धेरै मागिरहेको छ । त्यसैले अलि कठिन छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार