Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिङ्देन भन्छन्- कुनै पार्टीसँग पनि गठबन्धन गर्दैनाैं, आफ्नै सामर्थ्यले चुनाव लड्छौं


    शुक्रबार, बैशाख २ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव नलड्ने बताएका छन् ।

    शुक्रबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लिङ्देनले अन्य पार्टीसँग गठवन्धन नगरि देशैभर आफ्नो सामर्थ्यले लड्ने बताएका हुन् ।

    उनले भने, अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसँग पनि चलाएको छैन ।

    यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनल बताए । भन्छन्, केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।’

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार