काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् ।
स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ।
नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ।