Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • तालमेलका विषयमा प्रचण्डको निर्देशन – सबै एकतावद्ध भएर चुनावमा केन्द्रित होऔं


    शुक्रबार, बैशाख २ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सत्ता गठबन्धनका सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् । 

    शुक्रबार विहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकमा प्रचण्डले चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गर्दै यस्ताे निर्देशन दिएका हुन् ।

    पूर्व स्थायी समिति सदस्य गणेश साहले भने,‘परिणाम देखिनेगरी चुनावमा केन्द्रीय हुने भनिएको छ ।’ यदी सत्ता गठबन्धन भित्र चुनावी तालमेल नभए एमालेसँग नगर्न निर्देशन दिएको छ ।
     
    स्थानीय चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर आएकाले त्यसलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ। ‘अहिले पार्टी प्रवेशको लहर नै चलेको छ । ती सबैको राजनीतिक पृष्ठभूमि र योगदानलाई केलाएर उचित भूमिका दिने विषयमा छलफल भयो’ साहले भने,‘नवप्रवेशीलाई चुनावमा टिकट दिँदा प्रभाव के कस्तो छ भन्ने विषयमा समेत अध्ययन गर्ने भनिएको छ ।’ नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिएमा थप संख्या बढ्ने साहले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार