Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले मधेशमा लोसपासँग गठबन्धन गर्ने समभावना, आन्तरिक संवाद भैइरहेको नेताहरुको दाबी


    बिहिबार, बैशाख १ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले लोसपासँग गठबन्धनको लागी आन्तरिक संवाद भैइरहेको बताएको छ ।

    आन्तरिक छलफलका क्रममा लोसपासँग गठबन्धनको समभावना बढेको मधेश प्रदेश नेकपा एमालेले जनाएको छ ।

    सकेसम्म सत्तारुढ गठबन्धन दलहरुसँग एक्लै लड्ने यदि गठबन्धन गर्नुपरेमा लोसपासँग गर्न सक्ने मधेश प्रदेशकी नेतृ तथा प्रदेशसभा सदस्य सारदादेवी थापाले बताइन् ।

    सोमबार बर्दिबासमा बसेको वैठकले प्रदेश कमिटीलाई पूर्णता दिँदै सपथग्रहण समेत गराएको छ ।  पालिकाको काम बाँडफाँटका लागी निर्वाचन समिति  तय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    प्रदेश कमिटीमा रिक्त रहेका झण्डै २१ जना सदस्य मनोनित गरेको छ भने निर्वाचन समबन्धी कार्यायोजना बनाएर निर्वाचन परिचानलन समिति समेत गठन गरेको छ ।

    लोसपासँग गठबन्धन हुन नसके नेकपा एमाले सत्तारुढ दलहरुसँग एक्लै लडने नेकपा एमालेकी नेतृ सारदादेवी थापाको भनाइ छ ।

     नेकपा एमालेबाट टुक्रिएर नेकपा एस बनेपछि एमाले पनि मधेश प्रदेशमा कमजोर देखिएको छ । माधव नेपालको नेतृत्वमा नेकपा एस वनेपछि ७ वटै प्रदेशमा नेकपा एमाले सरकारवाट समेत बाहिरिएको थियो ।

    मधेश प्रदेशमा नेकपा एमाले अल्पमतमा परेपछी माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा सहभागी समेत बन्यो ।

    धेरैजसो जनप्रतिनिधिहरु नै नेकपा एसको पक्षमा सनाखत गरेपछी गठबन्धनको मोडालिटीमा एमालेले जितेका पालिकाहरु आफ्नो भागमा हुनुपर्ने माधव पक्षधरले दावी गर्दै आएको छ ।

    गठबन्धन गर्नैपर्ने शीर्ष नेताहरुमा छलफल भएपछि सत्ताघटक ५ दल भने गठबन्धनको मोडालिटी बनाउनमा नै व्यस्त बनेको छन् । 

    सोमबार बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछी सत्तारुढ दलहरुले ३ र ४ बैसाखलाइ ४/४ जिल्लाको छुट्टाछुट्टै बैठक बस्ने निर्णय गरेको छ । 

    एकातिर निर्धारित समयमा उम्मेदवार टुंग्याउनु पर्ने र अर्कोतिर गठबन्धनभित्र उठेका विवादहरुलाइ मथर बनाउन गठबन्धन दलहरुलाई निक्कै कसरत गर्नुपरेको छ ।

    यता गठबन्धन इतर दलहरु पनि चुनावी तालमेलको खोजीमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लोसपासँग  तालमेलको प्रयासमा छ भने सत्तारुढ दल जसपा भने गठबन्धनभित्रै आश्रय खोजिरहेको देखिन्छ ।

    माधव नेपाल पक्षधर भागबण्डामा स्पष्ट वटमलाइनमा अडिग रहेको छ । नेकपा एमालेलाई पनि सत्ताघटक दलहरुसँगको चुनावी तालमेलले निक्कै भारी पर्ने देखिएको छ ।

    त्यसैले पनि नेकपा एमाले मधेश प्रदेशले लोसपासँग गठबन्धनको साझेदारी खोजीरहेको छ । लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहका अनुसार जरुरत भएको ठाउँमा बिचार मिल्ने दलसँग गठबन्धन हुन सक्ने बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार