Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रूपन्देहीमा युवतीको शव फेला, श्रीमान् पक्राउ


    बिहिबार, बैशाख १ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रूपन्देही । रूपन्देहीमा बुधबार राति सवा ९ बजे २९ वर्षीया अनिता क्षेत्री टण्डनको शव फेला परेकाे छ । 

    तिलोत्तमा नगरपालिका-२ ड्राइभर टोल बस्ने  टण्डनको शव फेला परेपछि माइती पक्ष तथा स्थानीयले प्रदर्शन गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार उनको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेको हुन् ।

    घटनाको अनुसन्धान गर्न प्रहरीले मृतकका श्रीमान प्रेम टण्डनलाई नियन्त्रणमा लिएर उनको घर घेराउ गरेकाे छ ।

    ‘गएराति कीटनाशक विष सेवन गरी आत्महत्या गरेको भन्ने खबर आएको थियो,’ एक प्रहरी भने, ‘त्यो खबरपछि बुटवलबाट टोली खटिएको थियो। तर माइती पक्षले उनको हत्या भएको हो भनेर भनिरहनुभएको छ।’ माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएका छन्।

    ‘विष सेवन गरेको भन्ने प्रारम्भिक जानकारी आए पनि पोष्टमार्टम रिपोर्ट आइसकेपछिमात्रै के भएको हो भन्ने थाहा हुने प्रहरीले जानकारी दिएकाे छ ।  

    अनिताको शव पोष्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल लगिएको छ। तर पोष्टमार्टम नभइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार