Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु


    बिहिबार, बैशाख १ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बाराकाे जितपुर-सिमरा उपमहानगरपालिका-१६ मा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ।  

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा २८ वर्षीय सागर सिंजाली मगरको  रहेका छन् ।

    प्रहरीका अनुसार सपरू घारीमा सिकारीले जंगली जनावर मार्न भरूवा बन्दुक पड्किँदा उनको मृत्यु भएको हो। 

    भरूवा बन्दुक पड्किँदा उनी घाइते भएका थिए । घाइते भएका उनलाई बयोधा अस्पताल वीरगंज लगिएको थियो । त्यसक्रममा उनको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो । 

    घटनास्थलमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको छ।

    घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको छ। 

    प्रहरी नायब उपरीक्षकका अनुसार बन्दुक कसको हो भन्ने खुलेको छैन । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार