Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि रुसी प्रतिबन्ध 


    बिहिबार, बैशाख १ २०७९
    425
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदलास्वरूप रुसले बुधबार अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।  ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । उनीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । 

    रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । ओटावाको ‘अदूरदर्शी’ नीतिहरूको जबाफमा थप कदम चालिने पनि विदेश मन्त्रालयले चेतावनी दिएको छ । 

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्धहरु लगाएका थिए । त्यसको बदलामा रुसले पनि ति देशहरुमाथि प्रतिबन्ध लगाएको हो ।

    यसैबीच, रुसी सेनाले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार