Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घोषणापत्र परिमार्जनसहित पारित गर्ने कांग्रेसको निर्णय


    बुधबार, चैत्र ३० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

    बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर घोषणापत्र मस्यौदालाई पारित गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

    महामन्त्री गगनकुमार थापाले बैठकमा पेस गरेको मस्यौदामा केन्द्रीय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको महतको भनाइ छ । 

     बैठकले बन्दसूचीमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्यसमितिलाई अनुमति पनि दिएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार