Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घोषणापत्रमा बालबालिकाको सवाल समावेश गर्न आग्रह


    बुधबार, चैत्र ३० २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । वैशाख ३० गतेका लागि घोषित स्थानीय निकायको निर्वाचन घोषणापत्रमा बालबालिकाका सवाललाई समावेश गर्न बुधबार राजधानीमा भएको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

    कन्सोटियन नेपालले राजनीतिक दलहरूका प्रतिनिधि र बालबालिकासँगको अन्तरसम्वाद कार्यक्रममा सहभागी बालबालिकाले निर्वाचनमा आफ्ना सवाल समावेश गरिदिन राजनीतिक दलसँग आग्रह गरे । साथै उनीहरूले निर्वाचनमा बालबालिकाको दुरुपयोग नगर्न आग्रह गरे । 

    त्यसका लागि बालबालिकाको प्रयोगबारे अनुगमन गर्न, निर्वाचन अभियानमा नागरिक समाजको सक्रियता, जनचेतना एवं अभिमुखीकरणको काम गर्न, चुनाव प्रचार-प्रसार, विजय जुलुश आदि जस्ता कार्यमा बालबालिकालाई सहभागी नगराउन आग्रह गरे ।

    कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले बालबालिकाहरूले उठाएको माग आआफ्नो राजनीतिक दलको घोषणापत्रमा राख्ने प्रतिबद्धता जनाए । 

    कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला कार्की, नेपाली कांग्रेस घोषणापत्र तयारी समितिका सदस्य बंशलाल तामांग, नेकपा माओवादी केन्द्रका डिल्लीराम आचार्य, जनता समाजवाद पार्टीका केन्द्रीय सदस्य दुर्गा सोवलगायतले बालबालिकाको दुरुपयोग नगर्ने र बालबालिकाका सवाल आआफ्नो घोषणापत्रमा राख्ने प्रतिबद्धताका जनाए । 

    निर्वाचनमा बालबालिकाका विषयः बालबालिकाकै नेतृत्वमा भन्ने मूल अभियान कार्यक्रम आयोजक कन्सोटियन नेपालले गर्दै आएको अध्यक्ष मोहन दंगालले बताए । कार्यक्रममा देशभरका बालबालिका सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार