Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखराको टोलीलाई देउवाले भने: गठबन्धनको बाध्यता बुझिदिनुस्


    बुधबार, चैत्र ३० २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखराबाट आएका नेता कार्यकर्तासँग प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बाध्यता बुझिदिन आग्रह गरेका छन् ।

    पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै आएको नेताहरुको टोलीलाई प्रधानमन्त्री देउवाले गठबन्धनको बाध्यता बुझिदिन आग्रह गरेका हुन् ।

    कुन महानगर कुन पार्टीले लिने भन्ने विषयमा प्रवेश नै नभएको भन्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका दललाई चिढ्याउन नहुने समेत बताएका छन् ।

    प्रधानमन्त्रीको भनाइ उधृत गर्दै टोली नेतासमेत रहेका पूर्वमन्त्री यज्ञबहादुर थापाले भने,‘तपाईंहरु हतारिएर आउनुभयो । कसलाई कुन दिने निर्क्यौल भएकै छैन ।’ 

    गठबन्धन जोगाउनका लागि कांग्रेस अलिकति लचिलो हुनैपर्ने बाध्यता कांग्रेसलाई समेत देउवाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार