Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिदेशीय शृंखला विजेता टिमलाई जनही दुई लाख दिने सरकारको निर्णय


    बुधबार, चैत्र ३० २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।घरेलु मैदानमा भएको  त्रिदेशीय ट्वान्टी २० श्रृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सरकारले जनही नगद दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरूलाई जनही दुई लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । 

    युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले श्रृंखला विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  

    मन्त्रीपरिषद्को निर्णयअनुसार श्रृंखला खेलेका १६ खेलाडीले जनही दुई/दुई लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

    मलेसिया र पपुवा न्यु गिनी (पिएनजी) सम्मिलित त्रिदेशीय शृंखलाको उपाधि नेपालले शतप्रतिशत नतिजासहित जितेको थियो । 

    नेपालले फाइनलमा पिएनजीलाई ५० रनले पराजित गर्दै उपाधि चुमेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार