Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ वर्षको दिन ख्वप कलेजको साइकल यात्रा


    बुधबार, चैत्र ३० २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर। नयाँ वर्षको आरम्भदेखि साइकल चलाउन थालौं भन्ने आह्वानका साथ ख्वप कलेज देकोचा भक्तपुरले नववर्ष साइकल यात्रा आयोजना गरेको छ । 

    ‘साइकल सेभ अस’ भन्ने सोचका साथ वैशाख ३ गते शनिबार यात्रा सुरु हुने छ । यात्रामा कलेजका प्राध्यापक तथा विद्यार्थी सहभागी हुने छन् ।

    साइकल यात्रा बिहान ६:३० मा ख्वप कलेजबाट सुरु हुने जनाइएको छ । यात्रा कलेजबाट सिपाडोल, डोरलाङ, डोलेश्वर पुग्ने छ । त्यहाँबाट फर्केर जगाती, कमलविनायक भएर यात्रा कलेजमा पुगेर टुंगिने जनाइएको छ । यात्रा १२ किलोमिटरको रहने जनाइएको छ ।

    ख्वप कलेज मानविकी संकायको बिएबीएसडब्लु तथा एमए अंग्रेजीका इन्चार्ज कामिनिका न्याइच्याइका अनुसार साइकल यात्राको मूल उद्देश्य स्वास्थ्य र वातावरण बचाउनु रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार