Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • इन्स्पेक्टरले हवल्दारलाई मरणासन्न हुनेगरी कुटे, प्रहरी प्रवक्ता भन्छन् जानकारी छैन


    बुधबार, चैत्र ३० २०७८
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका एक निरीक्षकले एक निर्दोष हवल्दारलाई निर्घात कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यालय खानीखोला धादिङका इन्न्चार्ज प्रहरी निरीक्षक अपूर्व ढुंगानाले सोही कार्यालयमा कार्यरत हवल्दार श्रीभक्त तामाङलाई मंगलबार राति विनाकसूर मरणासन्न हुनेगरी कुटेका हुन् ।

    खानीखोला क्षेत्रमा दुई वटा गाडी दुर्घटना भएको र दुर्घटनामा दोषी चालकलाई थुन्न खोज्दा मदिराको सुरमा इन्स्पेक्टर ढुंगानाले नथुन्न निर्देशन दिए । उनले गल्ती नगर्ने चालकलाई थुन्ने र दुर्घटनामा मुख्य गल्ती भएका चालकलाई छाड्न आदेश दिए । तर निर्दोष चालकलाई कसरी थुन्ने भनेकै आधारमा मैले भनेको नमान्ने भन्दै इन्स्पेक्टर ढुंगानाले हवल्दार तामाङलाई भकाभक कुटे । मदिरा अत्यधिक सेवन गरेका ढुंगानाले निर्दोष चालकलाई फसाएर दोषीलाई उन्मुक्ति दिन खोज्दा नमानेकै कारण हवल्दार तामाङलाई कुटेको र उनी हाल उपचारार्थ अस्पतालमा भर्ना भएको समाचार स्रोतले बताएको छ ।

    इन्स्पेक्टर ढुंगानाले नसाको सुरमा आफ््नै मातहतका हवल्दार कुटेको सूचना पाएपछि बागमती प्रदेशको टोली पनि छानबिनका लागि जाँदैछ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी बिष्णुकुमार केसीले ढुंगानाले गरेको कुटपिटबारे प्रहरी प्रधान कार्यालयमा जानकारी नआएको बताए । उनले सोधे–‘मदिरा खाएको कसरी थाहा पाउनुभयो ?’

    खानीखोलामा हवल्दार कुटिएकोबारेमा जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले लिखित जानकारी नआएको बताए । उनले भने–खानीखोलामै सोध्नुहोला ।
    इन्स्पेक्टर ढुंगाना प्रहरी नायब निरीक्षक(सई) हुँदासम्म लेखापाल भई आकर्षक जिल्लामा बस्ने भाग्यमानी हुन् । उनी मदिरा सेवनकै कारण यसअघि पनि विवादमा परेका थिए । उनी प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिका सभापति तथा कांग्रेस नेता भरत साहका साला हुन् ।

    साहका साला भएकाले उनलाई कारबाही गर्ने साहस नभएपछि प्रहरी प्रधान कार्यालयदेखि धादिङका एसपीसम्म थाहै नभएको भन्दै टार्दैआएका छन् । र, एक तल्लो दर्जाका प्रहरीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने इन्स्पेक्टर ढुंगानालाई बचाउने खेल भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार