काठमाडाैं । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ।
कञ्चनपुरका भूमिपुत्रका मानिने राना थारू समुदायका अगुवा पनि दशकौंदेखि बसोबास रहे पनि यहाँ स्थानीय तह राज्य संयन्त्रमा आफ्नो बलियो उपस्थिति हुनुपर्नेमा जोड दिइरहेका छन्।
मुलुकभरमध्ये सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा मात्रै राना थारू समुदायको बसोबास रहेको छ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा लालझाडी गाउँपालिकामा राना थारू समुदायबाट मदनसेन बडायकले अध्यक्ष र कृष्णपुर नगरपालिकामा रमिता रानाले उपप्रमुखको जिम्मेवारी सम्हाले। त्यसैगरी ९२ वटामध्ये केही वडाध्यक्ष पनि राना समुदायले नेतृत्व सम्हालेका छन्। लालझाडीमा अध्यक्ष बडायक माओवादी केन्द्रबाट र उप्रमुख राना नेकपा एमालेबाट निर्वाचित भएका हुन्।
कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता रानाले राना थारू समुदायमा पनि शिक्षित र योग्य उम्मेदवार रहेको बताइन्।
‘अढाइ वर्ष हामीले कानुन, कार्यविधि बनाउन र कोभिडका कारण काम गर्न पाएनौं’,उपप्रमुख रानाले भनिन्, ‘राना थारूको कला, संस्कृत र पहिचानका लागि कृष्णपुर नागरपालिकाले बजेट नै विनियोजन गरेर विविध कार्यक्रम सञ्चालन गर्यौं।’
आगामी निर्वाचनमा एमालेबाट पुनः उपप्रमुख उम्मेदवार बन्ने बताउँदै रानाले राना थारू समुदायलाई सूचीकृत गराउन पनि आफूहरूले पहल गरेको जानकारी दिइन्।
कञ्चनपुरमा लालझाडी गाउँपालिका, बेलौरी, पुनर्वास, शुक्लाफाँटा, कृष्णपुरलगायत सबैजसो पालिकामा राना थारूको बसोबास रहेको छ।
‘हाम्रो समुदायलाई पनि पालिका माथि ल्याउन दलहरूले पनि उम्मेदवार दिनुपर्छ’, शुक्लाफाँटा नगरपालिका–१ का दिनाराम रानाले भने, ‘सधैंभरि अरूलाई मात्रै भोट हाल्ने नियति कुनै समुदायले भोग्नु ठीक कुरो होइन।’
उनले राजनीतिक दलहरूले राना समुदायका नागरिकलाई पनि उम्मेदवार बनाउन सुझाव दिए।
यहाँ थारूको २५.७ प्रतिशत बसोबास रहेको पाइन्छ। कञ्चनपुरबाट राना थारू समुदायबाट संविधानसभामा पुरन राना, कृपाराम राना र सुदूरपश्चिम प्रदेशसभामा श्यामलाल रानाले प्रतिनिधित्व गरेका छन्।
यहाँबाट लवरु राना मन्त्रीसमेत भइसकेको राना थारू अगुवाको भनाइ छ।
नेपाल राना थारू समाजको जिल्ला अध्यक्ष प्रेमवती रानाले पार्टी जुनसुकै भए पनि राना थारूको उपस्थिति पालिकामा बढाउनुपर्नेमा आफूहरू छलफल गरिरहेको बताइन्।
‘पार्टी जो भए पनि हाम्रो समुदायको उपस्थिति बढाउन पहल गर्छौं’, उनले भनिन्,‘कैलालीभन्दा पनि रानाथारूको बसोबास कञ्चनपुरमा बढी छ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend