Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मीमा तीन दिनमा ७० प्रतिशत बालबालिकाले लगाए टाइफाइडविरुद्धको खोप


    मंगलबार, चैत्र २९ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गुल्मी। गुल्मीमा अहिलेसम्म ७० प्रतिशत बालबालिकाले टाइफाइडविरुद्धको खोप पाएका छन् । जिल्लामा १५ महिनादेखि चार वर्ष उमेरका बालबालिका १२ हजार पाँच सय ५९ र पाँच वर्षदेखि १५ वर्ष उमेरका ५४ हजार दुई सय ८६ छन् ।

    लक्षित संख्या ६६ आठ सय ५५ मध्ये अहिलेसम्म ५० हजार तीन सय ५० जनाले खोप लगाइसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । 

    विद्यालय बाहिर रहेका १५ महिनादेखि चार वर्ष उमेरका बालबालिकालाई अभिभाव, महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक र जनप्रतिनिधिको सहयोगमा पायक पर्ने विद्यालयमै बोलाएर खोप लगाइएको आचार्यले बताए ।

    रेसुंगा नगरपालिकामा तीन हजार पाँच सय ५७, मुसिकोट नगरपालिकामा पाँच हजार पाँच सय आठ, कागण्डकी गाउँपालिकामा दुई हजार सात सय ४६, सत्यवतीमा चार हजार छ सय ४६, चन्द्रकोट गाउँपालिकामा तीन हजार सात सय ८४, इस्मा गाउँपालिकामा चार हजार सात सय ७७ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

    त्यस्तै मालिका गाउँपालिकामा पाँच हजार सात सय ६७, धुर्कोटमा चार हजार पाँच सय १५, रुरु क्षेत्र गाउँपालिकामा दुई हजार आठ सय ३९, गुल्मी दरबारमा चार हजार छ सय १७ र छत्रकोट गाउँपालिकामा दुई हजार आठ सय ३९ जना बालबालिकाले खोप लगाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार