Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्घटनामा घाइते भएका १२ जनाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचार हुँदै


    मंगलबार, चैत्र २९ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दिलमाया शाही 

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी जिपका सवार १० जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे१ज १२२० नम्बरको जिप दुर्घटना भएको बताएका छन् ।

    घाइते हुनेमा हिमा गाउँपालिका-४ की १७ वर्षीया जमुना शाही, सोही गाउँपालिका-७ का ४१ वर्षीय वीर्ख शाही, तिलागुफा नगरपालिका-२ का ४८ वर्षीय रणबहादुर बोहोरा, सोही ठाउँका ४३ वर्षीय बेलुकृष्णा बोहोरा रहेका छन् । 

    त्यस्तै  हिमा १ का १५ वर्षीय विवेक शाही, सिजा गाउँपालिका-३ का ३१ वर्षीय करबहादुर नेपाली, सोही गाउँपालिका-२ का ३६ वर्षीय जीवनप्रसाद तिवारी रहेका छन् । 

    त्यस्तै सिजागाउँपालिका-३ वस्ने ४२ वर्षीय मेघबहादुर सार्की, हिगाउँपालिका-४ का २५ वर्षीया सिता रोकाया र उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया रहेको जुम्ला प्रहरीले बताएको छ ।  

    त्यस्तै तिलागाउँपालिका-८ का ३० वर्षीय धनलाल बस्नेत र तिला-१ का ५८ वर्षीय चाउरे बुढा रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नरेन्द्र चन्दले बताए । प्रतिष्ठानमा एक चालकसहित १२ जनाको उपचार भइरहेको छ ।
     
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रबत्ता रमेश भट्टराइले  घाइते १२ जना मध्य ४जनाको अवस्था  गम्भीर रहेको छ । अरु सबै सामन्य अवस्था छन उपचार भइरहेको छ । 

    केही यात्रुलाई गम्भीर चोट लागेको छ । उनीहरूको एक्सरे गर्ने काम भइरहेको छ । तीब्र गतिको भ्यान सिँधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार