सिमकोट।बजेट फ्रिज हुने सम्भावना देखेपछि चालु आर्थिक वर्षका लागि योजनाको सम्झौता गर्न हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँबाट स्थानीय हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेका छन् ।
लिमीबाट तीन दिन हिँडेर उनीहरू सदरमुकाम सिमकोट पुगेका हुन् । आफूहरूले सो क्रममा ४ हजार ६ सय मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेको लिमी तिल गाउँका स्थानीय सोनाम तामाङले बताए ।
साउन मैनादेखि लागुहुने आर्थिक वर्ष चैत महिना सकिनै लाग्दा यस वर्ष निर्माण गर्नुपर्ने तीन वटा विकासे योजनाको सम्झौताका लागि नारा लेखको चार फिटको हिउँ छिचोलेर आउनु आफूहरूको बाध्यता भएको उनले बताए ।
तामाङसहित हल्जी गाउँबाट तीन जना प्रदेश सरकारअन्तरगत भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयको आयोजनामा सञ्चालन हुने चौरी स्रोत केन्द्रको विस्तार योजनाको सम्झौताका लागि आइपुगेका हुन् ।
यो चालु आर्थिक वर्ष चौरी स्रोत केन्द्रका योजनाका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयबाट पचास लाख बजेट विनियोजित भएको छ ।
समयमा बजेट सम्झौता नभरे सबै बजेट फ्रिज हुने सम्भावना रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय भनेपछि आफूहरू हिउँको प्रवाह नगरी जोखिम पूर्ण यात्रा गरेर सदरमुकाम आएको उनीहरूको भनाइ छ ।
तीन गाउँ रहेको लिमी गाउँका तिल गाउँबाट पनि विद्युत् योजनाको सम्झौताका लागि तीन जना आएका छन् । जाङ गाउँबाट सडक निर्माणको योजनाका लागि पनि तीन जनाको टोली आएको छ।
आउँदै गरेको वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि योजना सम्झौला ढिलो गर्दा काम गर्न नसकिने भएको कारण नाम्खा गाउँपालिका लिमीका स्थानीय योजनाका लागि सदरमुकाम सिमकोट आइपुगेका हुन् ।
नाम्खा गाउँपालिका लिमी गाउँमा बसेको उपभोक्ता समितिको बैठकले चालु आर्थिक वर्षको योजना सम्झौताका लागि टोली सदरमुकाम पठाउने निर्णय गरेको हो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend