Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सम्मानित


    मंगलबार, चैत्र २९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ सम्मानित भएका छन्  ।

    नेपाल व्यवस्थापन संघद्वारा चैत्र २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा सीईओ श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापन पुरस्कार २०२२ बाट सम्मान गरिएको हो ।

    उक्त कार्यक्रममा  आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।

    सोही अवसरमा सीईओ श्रेष्ठले नेपाल व्यवस्थापन संघलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ–आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन ब्यक्त गरेका थिए ।

    उक्त समाहरोहमा श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको अन्तर्राष्ट्रिय ब्रान्ड परामर्श निगम (आईपीसी), एशियाको मोस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९, उत्कृट रोजगारदाता बा्रन्ड अवार्ड २०२१ बाट समेत सम्मानित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार