Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृतकाे जिम्मेवारी अधिकारीलाई, किन हटाइए रावल?


    मंगलबार, चैत्र २९ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएको हो । उनको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । 

    आयोगले यसअघि ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । आयोगको २८ चैतमा बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत परिवर्तनबारे आयोगले केही खुलाएको छैन । आयोगले मुख्य निर्वाचन अधिकृत हेरफेर सामान्य विषय भएको जनाएको छ । 

    यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका मतपत्र च्यातिएको थियो । जसमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सहयोगी भूमिका खेलेको भन्दै एमालेले कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएको थियो । न्याय परिषद्को सिफारिसमा नै आयोगले मुख्य निर्वाचन अधिकृत तोक्ने गर्छ । सोही आधारमा मुख्य निर्वाचन अधिकृत हेरफेर गरिएको आयोगले प्रष्ट पारेको छ । 

    हेर्नुहोस् निर्वाचन आयोगको सूचना

    Election-commission-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार