काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् ।
सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम हुन आएको बताएका हुन् ।
उक्त सञ्चिति करिब ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिन्छ ।’
हेर्नुहोस् पूर्णपाठः