Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमानस्थलबाट ६ वटा सुनको सिक्रीसहित तीन जना पक्राउ


    सोमबार, चैत्र २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २९९.८८ ग्राम सुनसहित तीनजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका-१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका-६का २७ वर्षीय पेम्‍मा थोक्रा र नौगुण्ड गाउँपालिका-६ रसुवाकाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।

    एयर अरेबियाको विमानबाट सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।

    प्रहरीले सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री गरी ६ वटा सुनको सिक्री बरामद गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार