मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ।
परीक्षणका क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा मंगलबार दिउँसो दुई जना बेपत्ता भएका थिए। तीमध्ये इञ्जिनियर सतिश गोइतको शव बुधबार दिउसाे ४ बजे मेलम्ची नगरपालिका-११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकाे छ ।
अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको प्रहरीले जानकारी दिएकाे छ ।