Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालगञ्जकाे बीपीचोकमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु


    सोमबार, चैत्र २८ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बिपिचोकमा आइतबार राति कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय कलिम ईद्रिसी र ५ बर्षकै अली अन्सारी रहेका छन् । 

    कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार कारकादोबाट गणेशमान चोकतर्फ जादै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारले पैदल हिडिरहेका उनीहरुलाई गएराती पौने १२ बजे एकैसाथ ठक्कर दिएको थियो । 

    कार सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार