Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जग्गाको काम मिलाइदिन्छु भन्दै घुस लिने मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख रंगेहात पक्राउ 


    सोमबार, चैत्र २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् ।

    सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

    अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

    277613360_720161705805771_327431889688556535_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार