Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनका गर्ने बिषयको प्रतिवेदन आज शिर्ष नेतालाई बुझाईदैँ 


    सोमबार, चैत्र २८ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय  तह  निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका  शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने  भएको छ  । 

    कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय  तहमा रहेको पछिल्लो  वस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा  तयार पारेको सुझावसहितको  प्रतिवेदन सोमबार शीर्ष  नेतृत्वलाई  बुझाउने  भएको हो ।

    आइतववार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री  निवास  बालुवाटारमा  बसेको  बैठकले  देशभरका  स्थानीय  तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको हो । 

    गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानिय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार