Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कस्तो रहनेछ आजको मौसम ?


    सोमबार, चैत्र २८ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज प्रदेश नं १, बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ।

    मंगलबार भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूगमा आंशिक बदली रहने छ। पहाडी भू-भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार