Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइपीएल: राजस्थान र दिल्लीको जित,लखनउ दुई हार सहित पाचौं स्थानमा 


    सोमबार, चैत्र २८ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् ।

    राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको  लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो ।

    लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे ।

    राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

     राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए । देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे ।

     जितसंगै राजस्थान  ४ खेलमा ३  जित र १ हार सहित ६ अंक जोड्दै शीर्ष स्थानमा छ  

     लखनउ ५ खेलमा ३ जित दुई हार सहित पाचौं स्थानमा छ ।

     
    यस्तै अर्को खेलमा  दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ ।

    दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै १७१ रन मात्र बनाउन सक्यो ।

    कोलकत्ताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए ।  दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो ।

    दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउदा  पृथ्वी शले ५१ रनको योगदान गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार