Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले भूमिकास्थानको मेयरमा थापालाई उम्मेदवार बनाउने


    आइतबार, चैत्र २७ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । नेकपा एमालेले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा रेसम थापालाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । 

    नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेलबाट पहिलो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएका थापा नेकपा विभाजनपछि नेकपाको निरन्तरताको रूपमा नेकपा एमालेमा क्रियाशील छन् । 

    उपप्रमुखमा निर्णय भएकी पौडेल भने नेकपा एमाले नगर कमिटीका अध्यक्ष मणि पौडेलकी श्रीमती हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार