Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माथिको निर्देशनमा गठबन्धन गर्दै दलहरू


    आइतबार, चैत्र २७ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूले माथिको निर्णय र निर्देशनअनुसार जुम्लामा तालमेल गर्ने बताउँदै आएका छन् । 

    कांग्रेस जिल्ला सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा बसेको बैठकले सत्तारुढ दलहरूबीच तालमेल गर्ने केन्द्रीय निर्णय अनुसार जुटेका हुन् ।

    कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तीर्थ बुढाले जानकारी दिए । ‘अलोकतान्त्रिक शासनशैलीबाट उत्पन्न भइराखेको जटिल अवस्थालाई केन्द्रीय गठवन्धन दलको एकताले सुशासन सुरुवात गरेको, संविधान र संघीय व्यवस्थाको रक्षाका लागि गठबन्धन आजको थप आवश्यकता हो,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

    केन्द्रको निर्देशन अनुसार जुम्लामा पालिका र वडा तहसम्म तीन दलबीच गठबन्धान गरेर जाने निर्णय भएको नेताहरूले बताएका छन् ।

    कांग्रेस जिल्ला सचिव अर्जुनसिंह कठायतले चरणबद्ध छलफल हुने बताए । उनले भने, ‘अहिले पनि गाउँपालिका र वडा तहमा उम्मेदवार टुंगो लाग्न सकेको छैन । अझै थप छलफल र बहस हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार