Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गम्भीर आराेप लागेपछि सशस्त्रका एसएसपी फरार


    बुधबार, असार ३१ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । बलात्कारकाे आराेप लागेपछि शसस्त्र प्रहरीका एसएसपी फरार भएका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको हाे ।

    उनले भरतपुर बस्‍ने एक महिलालाई आफ्नै कार्यलयमा लगेर बलात्कार गरेको महिलाले आराेप लगाएकी छिन् ।

    एसएसपी अधिकारीले आफुलाई लठ्याउने औषधि प्रयोग गरेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कन्ट्रोललाई फोन गरी उजुरी दिएकाे बताइएकाे छ ।

    घटनाबारे थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ । घटनाकाे उजुरी परेकाे थाहा पाएसँगै एसएसपी अधिकारी फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार