Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपाको निर्देशनः मेयर र अध्यक्षसहित २९ गतेसम्म सबै उम्मेदवार सिफारिस गर्नू


    आइतबार, चैत्र २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

    लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो ।

    ‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन  । कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रिय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने । 

    उनले अगाडि थपे,  ‘२९ गते भित्र सबै स्थानका उम्मेदवार सिफारिस भईसक्ने अपेक्षा गरिएको छ ।’ झाका अनुसार केन्द्रीय कार्यालयको निर्देशन अनुसार जिल्ला, पालिकाका कार्यकारिणी समितिहरुले गृहकार्य गरिरहेका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार